नियम १५
बहुलाएको व्यक्तिको ऋणपत्रको साँवा ब्याज भुक्तानी

ऋणपत्रको धनी बहुलाएकोमा त्यस्तो ऋणपत्रको साँवा ब्याजको भुक्तानी निजको संरक्षकलाई दिइनेछ । निजको मानसिक अवस्था ठीक भई निजले त्यस्तो ठीक भएको व्यहोरा लेखिएको मेडिकल बोर्डको प्रमाणपत्र पेश गरेमा सो साँवा ब्याजको भुक्तानी निजलाई नै दिनुपर्नेछ ।